बिक्रमबाबाले हामी सबैको रक्षा गरुन् हेर्नुहोस् आजको साप्ताहिक राशीफल

0

मेषः– जुन सोचाईका साथ अगाडि बढ्नु हुनेछ त्यो प्राप्त गर्न गाह्रो हुनेछ । पठन पाठन कार्यमा अवरोध आउन सक्छ । समस्याको भूमरीबाट उम्किन ठुलै प्रयत्न गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । नोकरी र राजनीतिबाट कुनै उपलब्धि हात लाग्ने छैन । आर्थिक विषय बस्तुले बढि पिरोल्ने छ ।

वृषः– कार्य शिथिलता बढ्नेछ । सुख,शान्तिमा कमि आउनेछ । इच्छा विपरित काम हुदा तनाव बढ्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

मिथुनः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । पुराना समस्या समाधान हुनेछन् । नयाँ काम हात पार्नको लागि ठुलै कसरत हुनेछ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । सहयोग मिल्नेछ ।

कर्कटः–मुखको सहयोग धेरै पाईनेछ तर व्यवहारिक रुपमा सहयोग खासै मिल्ने छैन । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ धैर्यता नतोड्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यवसायमा लगानी नबढाउनु होला । कामबाट सामान्य लाभ होला । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । यत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

सिंहः– गलत चिन्तनको अवसान हुनेछ । नयाँ जोश जागरका साथ कर्म क्षेत्रमा लाग्नु हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिनको लागि निम्तो आउनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ । सहयोग मिल्नेछ ।

कन्याः– विना उपलब्धिका काममा समय र धन लगानी हुनेछ । अनावस्यक विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला । विश्वासमा धोका हुनेछ ।

तुलाः– आफ्ना समस्या आफै भित्रबाट समाधान खोज्नु होला । अरुको शरणमा गएर केहि मिल्ने छैन । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ ।

वृश्चिकः– गतिरोध हट्नेछ । पुराना समस्या समाधान हुनेछन् । भाग्यले साथ दिनेछ कर्म गर्न पछि नपर्नु होला । कुरा सुन्नु अरुको काम गर्नु मनको । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीति गतिविधि बढ्ने छन् । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

धनुः– समयले पूर्ण साथ दिने छैन तर सुधारोन्मुख देखिन्छ । मानसिक तनावमा थोरै कमि आउनेछ । अरुको काममा समय बढि दिदा उपलब्धिका आफ्ना काम ओझेलमा पर्ने छन् । सकरात्मक सोचको विकाश हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । आर्थिक कारोवारमा सचेत रहनुहोला ।

मकरः– समयले साथ दिने छैन । आशा निरासामा परिणत हुने देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा काम गर्दा धोका खाईनेछ । चिन्ताले छोड्ने छैन ।

कुम्भः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ समयको सदुपयोग गर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने सपनाहरु सकार पार्न सकिनेछ । स्वव्यवसायबाट आय आर्जन थोरै बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मीनः– बनाउन सहयोग होइन भत्काउन सहयोग गर्ने धेरै हुनेछन् चिनेर व्यवहार गर्नु होला । साना साना भन्दा साना काम सफल गर्न पनि ठुलै मेहनत गर्नु पर्नेछ । कार्य गोपनियता आवस्यक देखिन्छ । मनलाई नियन्त्रण गरेर कर्म क्षेत्रमा प्रवेश गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ । इज्जतको ख्याल राख्नु होला ।

Leave A Reply

Your email address will not be published.