लकडाउन खुकुलो बनाएसँगै नेपालमा तिब्र गतिमा बढ्न थाले कोरोना संक्रमित

0

काठमाडौँ, वैशाख २७ । नेपालमा आज फेरी थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल- विराटनगरमा भएको परीक्षणका क्रममा थप ७ जनामा संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । संक्रमित ६ जना उदयपुर भुल्केका हुन भने अर्का ब्यक्ति पर्साका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् जसमध्ये संक्रमित महिलाहरूको उमेर १८, ४५ र ६५ वर्ष रहेको छ। त्यस्तै पुरुषहरूमा भने एक जना १७ वर्षका र दुई जना १८ वर्षका युवक रहेका छन् भने पर्साका संक्रमित पुरुष ६२ वर्षको रहेका छन् ।

नेपालमा पनि एकपछि अर्को गर्दै संक्रमण बढीरहेका बेला आजदेखि लकडाउन खुकुलु बनाइने सरकारी ािर्णयले आम सर्वसात्रारणमा भने एक खालको त्रास पैदा भएको छ ।

Leave A Reply

Your email address will not be published.