७५ ओटा गाईलाई खाना खुवाउँदै सुहानाले मनाइन् २३ औं जन्मदिन ।

0

काठमाण्डौ। उदाउँदी नायिका सुहाना थापाले शुक्रवार आफ्नो २३औँ जन्मदिन मनाएकी छिन् । कोरोना त्रासको बीच उनले हिन्दुहरूको पुज्य पशु गाईलाई खाना खुवाएर मनाएकी हुन् ।काठमाण्डौको बुढनिलकण्ठमा रहेको राधाकृष्ण मन्दिर परिसरमा रहेको इस्कन नेपालमा रहेका ७५ वटा गाईलाई सुहानाले केरा तथा अन्य खानेकुरा खुवाएकी थिईन् ।

त्यहाँ रहेका ७५ वटै गाईहरु मन्दिरमा पुजा गरिएका हुन् । ‘मन्दिरमा पुजा गरी मन्दिरकै माताहरुले बनाउनु भएको केक काटेर सुहानाको जन्मदिन मनाइयो’, सुहानाकी आमा निर्देशक तथा अभिनेत्री झरना थापाले बताइन् ।नको जन्म दिनमा बिहानै देखि शुभकामाना दिनेको ओइरो लागेको छ ।

आमा झरना थापाले निमार्ण गरेको चलचित्र चलचित्र ‘ए मेरो हजुर’ ३ बाट डेब्यु गरेकी हुन् । उनको त्यो अभिनयलाई दर्शले अत्याधिक मन पराएका थिए । ए मेरो हजुर’ ३ बाट नै फिल्मी क्षेत्रमा पाइला राखेकी सुहाना थापा ए मेरो हजुर ४’ को छायांकनका क्रममा केहि समय पहिला पोखरा गएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.