कोरोना महामारीको कारण अमेरिकामा बेराजगारी ह्वात्तै बढ्यो

0

एजेन्सी, २७ वैशाख । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा बेरोजगारीको दर बढ्दै गएको छ ।अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको जनाइएको छ । अधिकारीहरुका अनुसार कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापार बन्द भएकाले बेरोजगारी बढेको हो ।अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । यो बृद्धिदर सन् १९४८ पछिकै सवै भन्दा धेरै भएको जनाइएको छ ।

अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए।कोरोनाभाइरसको संक्रमण फैलिन जान थालेपछि सामाजिक दुरी कायम गर्नु पर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले करिब ३१ करोड घरमै बसेका छन् ।

Leave A Reply

Your email address will not be published.