महावीर पुनद्वारा नेपालमै ‘एन ९५’ भन्दा गुणस्तरीय मास्क उत्पादन

0

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनलगायतका अनुसन्धानकर्ताहरुले निर्माण भएको मास्कको ल्याब टेष्टको नजिता सकरात्मक आएको छ । गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा निर्माण गरिएको मास्कको ल्याब टेष्ट सफल भएको डाक्टर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले यस मास्कमा हेपा(एचइपीए) फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको जानकारी जनाएका छन् । अनुसन्धानबाट हेपा फिल्टरले एन ९५ मास्क जत्तिकै र एन ९९ फिल्टरले एन ९५ मास्कले भन्दा पनि राम्रोसँग ०.३ माइक्रोनसम्मका किटाणुलाई फिल्टर गर्न सक्ने रिपोर्ट आएको छ।

मास्कको परीक्षण तिलगंगा आँखा अस्पतालका विज्ञद्वय प्रदिप कार्की र नविन अधिकारीले गरेको पुनले फेसबुकमार्फत जानकारी दिएका हुन् ।
नेपालमा नै गुणस्तरीय फिल्टरयुक्त मास्क निर्माण गर्न सकिने भन्दै उनले अनुसन्धानमा सक्रिय विज्ञ र तिलगंगा आँखा अस्पताललाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन्।

उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुले N95 मास्कको बिकल्पको रुपमा HEPA फिल्टर र N99 फिल्टर प्रयोग गरेर बनाएको मास्कको ल्याब टेस्टको नतिजा राम्रो आयो । HEPA फिल्टरले लगभग N95 मास्क जत्तिकै राम्रो संग र N99 फिल्टरले N95 मास्कले भन्दा पनि राम्रो संग अति साना र सुक्ष्म कणहरु (0.3 micron सम्मका) फिल्टर गर्न सक्ने अनुसन्धानको रिपोर्ट आयो । सो परीक्षण तिलगंगा आँखा अस्पतालको ल्याबमा बिज्ञहरु प्रदिप कार्की र नबिन अधिकारीले गरेर रिपोर्ट दिनु भएको हो । HEPA फिल्टरलाई मास्क बनाएर केही नभएको अबस्थामा प्रयोग गर्न मिल्ने देखियो।

भविष्यमा विदेशबाट आउने N95 मास्क जत्ति कै राम्रो गुणस्तरको मास्कहरु यस्तै फिल्टरहरु प्रयोग गरेर नेपालमा नै बनाउन सकिने कुरा थाहा भयो । तिलगंगा आँखा अस्पताल र त्यहाका बिज्ञहरुलाई धेरै धन्यबाद छ । यसअघि उनले UVC (Ulta-violet C) किरण प्रयोग गरेर भाईरस र ब्याक्टेरियाहरु मर्छ कि मर्दैन भन्ने विषयमा राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान गरिरहेको जानकारी समेत दिएका छन्ग । यसको लागि 254 nm wave length भएको UVC किरण प्रयोग गरिएको उनले बताएका छन् । यो अनुसन्धानको लागी टेकु अस्पताल, टिचिंग अस्पताल, त्रिभुबन बिश्वबिद्यालय र राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुले मिलेर काम गरीरहेकाे बताए।

यसको उपयोग कोरोनाको उपचार गर्दा डाक्टर र स्वास्थ्यकर्मीहरुले प्रयोग गरि सकेका मास्कहरु, ग्लोबहरु र भाइजरहरु लाई किटाणु रहित बनाउन प्रयोग हुन्छ । अब UVC बाकस बनाएर अस्पतालहरु लाई र कोरोनको उपचार गर्ने सेन्टरहरु लाई दिने उनले बताए । उनले अहिले सम्म दुइ चरणको अनुसन्धान भई सकेको र त्यसको नतिजा राम्रो आएको बताउँदै अब तेस्रो चरणको अनुसन्धान बीर अस्पतालको प्याथालोजी ल्याबमा गरिने जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.