अनर्गल प्रचार गर्नेलाई सोनीकाले दिइन् यस्तो जवाफ

0

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा सोनिका रोकायका बारेमा विभिन्न समाचार आइरहेका छन् । उनलाई पूर्वयुवराज पारस शाहसंग जोडेर विभिन्न समाचार आएका छन् । उनले पटक पटक गरेर पारसको एटिएम प्रयोग गरेर ठूलो रुपैया झिकेको दावी सहित समाचार बाहिरिए पछि त्यसैलाई आधार बनाएर अहिले उनका बारेमा विभिन्न सामाग्री बनाइएको छ ।

सोनिका अहिले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न पश्चिम नेपालका पहाडी जिल्लामा छन् । उनले दैनिक ज्याला गरेर खानेहरुलाई सहयोग गरिरहेकी छन् । उता पूर्व युवराज पारस पोखरामा विगत केही दिन देखि पार्टी गरिरहेका छन् । उनले पोखरामा हुँदा सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसका कारण पनि फेरी एक पटक पारस र सोनिकाको विषय चर्चामा आएको हो । उनीहरु दुई जना निकै नजिक थिए । कसैले उनीहरु प्रेममा रहेको, त कसैले लिभिगं टुगेदरमा पनि रहेको दावी गरेका थिए । तर पारसले व्रे क अप फाइनली भन्दै स्टाटस लेखेपछि सोनिकासंग उनको सम्बन्ध सकिएको भनेर आँकलन गरे ।

फेरी उनीहरु अधिकाँश कृयाकलापमा संगै देखिन्थे । सोनिकाले पूर्वयुवराज पारसको हरेक गतिविधिको भिडियो बनाएर सिलसिलेवार पोष्ट गर्ने गरेकी थिइन् । तर पोखरावाट भने सोनिकाको भिडियो सार्वजनिक भएको देखिदैन । उनको भिडियो पश्चिम नेपालका जिल्लावाट आइरहेको छ । यहि बिचमा सोनिकाले पारसको ठूलो रकम चोरेको भनेर एउटा अनलाईनले समाचार बनाइदिएपछि त्यसैलाई आधार बनाएर मलजल गर्दै अन्य भिडियो सामग्री र समाचार बने । त्यसले त्यसको जवाफ दिँदै पारसले सबै कुरा गलत भएको बताए । पारसलाई गम्भिर विरामी भएको पनि दावी गरिएको थियो ।

त्यो दावी पनि झुटो सावित भइसकेको छ । राहतका लागि गाउँ पुगेकी सोनिकाले आफ्ना बारेमा यस्ता अनर्गल प्रचार गर्नेहरुलाई चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा विवेक नभएकाहरुले महिलाको इज्जत नगरेको र गलत वाटो अपनाएको बताएकी छन् । उनले त्यसरी गलत तरिकाले महिलाको इज्जत उडाउनेहरु एक दिन न एक दिन पत्ता लाग्ने पनि बताएकी छन् ।

Leave A Reply

Your email address will not be published.