भारतमा कोरोना संक्रमणबाट २१ सयकाे मृत्यु,संक्रमित संख्या ६२ हजार नाघ्याे

0

काठमाडौं, २८ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकै दिन ११६ जनाकाे ज्यान गएकाे छ । पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्यामा उतारचढाव देखिँदै अाएकाे भारतमा दैनिक ३ हजारभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार १०१ पुगेकाे छ । त्यहाँ कुल संक्रमितको संख्या ६२ हजार ८०८ पुगेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।

शनिबार एक दिनमा मात्रै भारतमा ११६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । शुक्रबार ९६ जनाले ज्यान गुमाएका थिए भने बिहीबार त्यहाँ काेराेनाबाट १०४ जनाले ज्यान गुमाएका थिए ।

पछिल्लो २४ घण्टामा (शनिबार) भारतमा ३ हजार ११३ नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार पनि त्यहाँ ३ हजार ३४४ नयाँ बिरामी भेटिएका थिए भने बिहीबार त्यहाँ ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका थिए । बुधबार पनि यो संख्या ३ हजार ५८७ थियो ।

यसैबीच भारतमा १९ हजार ३०१ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४१ हजार ४ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणकाे उपायस्वरूप लकडाउन जारी राखेकाे छ । पछिल्लाे चरणकाे लकडाउन मे १७ (जेठ ४) सम्म पुर्याएको छ ।

Leave A Reply

Your email address will not be published.