लिपुलेकको सडक भारतीय भूमिमै बनाएको भन्दै नेपाललाई दियो भारतले जवाफ

0

काठमाण्डौ । भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालमा अहिले त्यस्को व्यापक विरोध भइरहेको छ । जस्मा नेपाल सरकारले हिजो शनिबार नै आफ्नो ध्यानाकर्षण गरेको छ । नेपालले यस विषयमा चासो जनाउँदै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालले जनाएको चासोमा भारतले मुखतोड जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । तस्वीर ः नरेन्द्रसिह कार्की
नेपाल सरकाले आपत्ति जनाएको २४ घण्टा नबित्दै भारतीय विदेश मन्त्रालयले आफुहरुले सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’ यसै सन्दर्भमा भारतले नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न आफुहरु प्रतिबद्ध रहेको बताएको छ । दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.