श्वास फेर्न गाह्रो भयो भन्दै अस्पतालमा भर्ना भएका ताप्लेजुङका कर्णबहादुर राईको कोरोनाका कारण निधन

0

कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा बस्दै आएका थिए । श्वास फेर्न गाह्रो भएपछि १० दिनअघि अस्पताल लगिएका राईको मेडिस्टोन अस्पताल केन्टमा निधन भएको हो ।

७७ वर्षीय राईलाई कोरोनाको लक्षण घरमै देखिएको थियो । उनलाई शुरुमा टाउको दुख्ने गरेको थियो भने पछि श्वास फेर्न गाह्रो भएको थियो । उनलाई भेण्टिलेटरमा राखी उपचार गरिँदैथियो । परिवारका अनुसार उनमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।

ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई सन् २०१७ देखि बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका थिए । बेलायत आएको केही महिनामै राईकी श्रीमतीको निधन भएको थियो । उनी हाल एक छोरा, एक छोरीसित बेलायतमा बस्दै आएका थिए । उनको दुई छोरा, चार छोरी छन् ।

Leave A Reply

Your email address will not be published.