नेपालमा हाई अ’लर्ट : आजदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान ब’न्द

0

काठमाडौं, कोरोना रो’कथामको उपायस्वरुप सरकारले का’रोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रो’क लगाएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशसहित विश्वका ५५ देशबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रो’क लगाइएको छ। यो बन्देज १७ वैशाख ०७७ सम्म लागू हुनेछ। यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन पाउने छैनन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

तर, कोरोनाबाट प्रभावित चीन, भारत, थाइल्याण्ड, सिंगापुर, अस्टे«लिया र अमेरिकी मुलुकबाट भने नेपाल आउन भने ब’न्देज छैन। चीन र भारतबाट उपभोग्य बस्तु पनि आयात गर्नुपर्ने हुनाले आवगमन ठ’प्प गर्न अ’व्यवहारिक हुने सरकारी स्रोतको तर्क छ ।सरकारले नेपाली र विदेशी दुवैलाई नेपाल आउन क’डाइ गरेपछि आधिकांश एयरलाइन्सले स्वतः उडान रो’क्न थालेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘बुधबारको निर्णयले झनै नेपालीसमेत आउन रोकिने भएकाले विमानस्थल ठ’प्प हुनेछ,’ पोखरेलले भने ।

पोखरेल ने’तृत्वको उच्चस्तरीय समितिले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट सोझै आउन वा ती मुलुकलाई ट्रा’न्जिट बनाई जुनसुकै मुलकबाट नेपाल आउन प्र’तिबन्ध लगाउने निर्णय गरको हो । यो निर्णयसँगै टर्कीबाट भइरहेको टर्किस एयरलाइन्सको उडानसमेत रो’किने भएको छ । यता चीनका सबै एयरलाइन्ले मार्च २८ सम्मका सबै उडान र’द्द गरेको सू’चना पठाएका छन् । दक्षिण कोरियाबाट सीधा उ’डान भर्दै आएको कोरियन एयरले पनि मार्च २७ सम्मको उडान र’द्द गरेको छ ।

Leave A Reply

Your email address will not be published.