उपत्यकामा सवारी पास वितरण पनि खुकुलो पारियो, यसरी लिनुहोस पास

0

काठमाडौं, वैशाख २८ गते । सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था उद्योग कलकारखान खुला गरेसँगै उपत्यका भित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ ।यस अघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट मात्र पास जारी हुने गरेकोमा अब सम्बन्धित मन्त्रालय तथा अन्य निकायका तोकिएका अधिकारीबाट समेत सावरी पास जारी गर्ने निर्णय भएको छ ।यसअघि जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रालयले मात्र पास वितरण गरेका थिए ।प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट लिनुपर्नेछ ।

यस्तै, धितोपत्रसँग सम्बन्धित व्यवसाय गर्ने निकायहरुले नेपाल धितोपत्र बोर्डबाट, बीमा कम्पनीहरुले बीमा समितिबाट, सहकारी संस्थाहरुले सहकारी विभागबाट, व्यापार तथा वाणिज्यसँग सम्बन्धित व्यवसाय गर्नेहरुले वाणिज्य विभागबाट र जलविद्युत आयोजनाहरुले जलस्रोत मन्त्रालयका सचिवबाट पास लिनुपर्नेछ ।निर्माण सामग्री बोक्ने सवारीलाई भने बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि मात्र पास दिइने छ । स्वास्थ्य, कृषि र पशुजन्य प्रयोजनका लागि भने पास नचाहिने व्यवस्था छ ।पास कसले कहाँ बाट कसरि लिने हेर्न्क्लिक गर्नुहोस

Leave A Reply

Your email address will not be published.