भारतमा एकैदिन ४३ सयमा कोरोना संक्रमण देखियाे, ज्यान गुमाउनेकाे संख्या २२ सय

0

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । याे एकै दिन फेला पर्नेमा हालसम्मकै सर्वाधिक संख्या हाे ।

आइतबार भारतमा ४ हजार ३५३ नयाँ काेराेना संक्रमित फेला परेका छन् । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । बिहीबार पनि त्यहाँ ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका थिए ।

यसैबीच भारतमा २० हजार ९६९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४३ हजार ९ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणकाे उपायस्वरूप लकडाउन जारी राखेकाे छ । पछिल्लाे चरणकाे लकडाउन मे १७ (जेठ ४) सम्म पुर्याएको छ ।

Leave A Reply

Your email address will not be published.