जनार्दनको एकपछि अर्को चमत्कार, मुसिकोटमा बन्यो दोस्रो अस्पताल

0

काठमाडौं। नेकपाका स्थायी समिति सदस्य तथा पूर्व गृह मन्त्री जनार्दन शर्मा प्रभाकरको पहलमा रुकुमको मुसिकोटमा कोरोना उपचारको लागि अस्पताल (आइसोलेसन) भवन तयार भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना महामारीको नियन्त्रणको लागि मुसिकोट नगरपालिका रुकुममा सम्र्पूण सुविधा सहितको प्रीफ्याब आइसोलेसन भवन तयार भएको जानकारी दिनुभयो ।

यसअघि रुकुम पश्चिम आठविसकोट नगरपालिकामा समेत सुविधा सम्पन्न अस्पताल (आइसोलेसन) भवन तयार भइसकेको थियो । चिनियाँ शैलीमा निर्माण भएको आईसोलेसन भवन १० दिनमा निर्माण भई सञ्चालनमा आइसकेको छ । नेकपाका नेता प्रभाकरले संघीय सरकार र प्रदेश सरकारको नजर नपुगेको मुसिकोटमा आइसोलेसन वार्ड निर्माण गरिएको बताउनुभयो ।

उहाँले जिल्लाका कुनै पनि स्थानीय तहमा स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिने बताउनुभयो । मुसिकोटमा १२ बेडको भवन निर्माण गरिएको हो । यो भन्दा पहिले आठविसकोटमा १५ बेडको आइसोलेसन निर्माण गरिएको थियो । आइसोलेसन कक्षमा विरामीका लागी सुविधा सम्पन्न कोठा, स्वास्थ्यकर्मीका लागी छुट्टै वार्ड, तथा जनरल वार्ड र आइसियू वेडको व्यवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.