कञ्चनपुरमा दिउँसै अन्धकार, अचानक आएको हावाहुरीले बितण्डा मच्चाएपछि स्थानीय त्रसित (भिडियोसहित)

0

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा अचानक आएको हावाहुरीले बितण्डा मच्चाएको छ । आइतबार दिउसो आएको हावाहुरीले अन्धकार बनेको त्यहाँबाट संचारकेन्द्रकर्मी मनोज चन्दले जानकारी दिएका छन् । हावाहुरीसंगै अध्यारो भएपछि दिउँसै रात पर्यो भन्दै स्थानीय त्रसित बनेका छन् । हावाहुरीसँगै अहिले त्यहाँ पानी पनि परिरहेको उनले बताए ।

हावाहुरीले बजार आसपासका ठाउमा अबरुद्ध बनेको छ भने कतिपय ठाउमा बिद्धुतका पोलहरु समेत ढलेका छन् । हावाहुरीले गरेको थप क्षतिको विवरण भने आउँन बाँकी छ । ‘अचानक हावाहुरी आयो, लगत्तै रात परेको जस्तै गरी अध्यारो भयो ।’ चन्दले भने – ‘अहिले पनि ठुलो पानी परिरहेको छ र विधुत सेवा अबरुद्ध बनेको छ ।’

यस्तै पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

हाल पश्चिमी भूभागहरुमा बदली भइ हावाहुरी, मेघगर्जन, चट्याङसहित केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक भइ पश्चिमी भूभागका केही स्थानका साथै मध्य र पूर्व एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । हेर्नुहोस भिडियो

blob:https://www.facebook.com/c0635141-1f51-4b76-b9de-916ce283cad7

Leave A Reply

Your email address will not be published.