मुम्बई र दिल्लीबाट लुकेर नेपाल भित्रिएका युवाहरुमा धमाधम कोरोना संक्रमण

0

बुटवल। भारतको मुम्बई र दिल्लीबाट लुकेर कपिलबस्तु आएका युवाहरुमा कोरोना संक्रमण भेटिएको छ । आज कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका १८ देखी ३४ बर्षका पूरुषहरुमा भारतको मुम्बई र दिल्लीबाट आएको पाइएको छ ।

कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले रोजगारीको लागि मुम्बई र दिल्लीबाट फर्केका युवाहरुमा आज कोरोना भाइरस भेटिएको बताए । उनले भने, ‘उनीहरु सवै भारतबाट आएका हुन् । लकडाउनको बिचमा सिमानाका लुक्दै आएको पाइएको छ ।’

उनले कहिले, कुन नाका हुँदै आएका लगायतको बिषयमा थप अनुसन्धान गर्नको लागि अहिले प्रहरी प्रशासन जाँदै गरेको बताए । यसअघि कपिलबस्तुमा भेटिएका ५ जना भारतको मुम्बईमा काम गर्ने व्यतिहरु थिए । उनीहरु पनि लुक्दै कपिलबस्तु आएका थिए ।

आज भेटिएका कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् । कोरोना संक्रमितहरु यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन राखिएको थियो ।

कपिलबस्तुमा आज पुष्टि भएको १० जनालाई दिउँसो बुटवलका स्थापना गरिएको कोरोना बिशेष अस्पतालमा ल्याउँदै गरिएको डा. गिरीले बताए । प्रदेश ५ काम प्रदेश तीन जिल्लाका कोरोना संक्रमित भेटिएपछि त्रास बढेको छ आज सम्म ४० कोरोना संक्रमित भेटिएका छन् ।

Leave A Reply

Your email address will not be published.