फेरी थपिए १ जना कोरोना संक्रमित , संक्रमितको संख्या १२१ पुग्यो

0

काठमाडौं ।नेपालमा फेरी १ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो ।संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।कपिलबस्तु , यसोधरा गाउपलिका-५ र बुद्दभुमि नगरपालिका -७ , १० निबासी १८ , १९ , २० , २०, २४ , ३० , ३१ , ३४ , ३४ बर्षीय पुरुषहरु र अर्का एक उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

Leave A Reply

Your email address will not be published.