प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा यस्तो अवस्थामा अस्पतालमा

0

काठमाडौ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको शल्यक्रिया गरिएको छ। नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका थापाको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पित्तथैलीको शल्यक्रिया गरिएको हो ।

अहिले उहाँको स्वाथ्य अवस्था सामान्य रहेको स्वास्थ्यमन्त्रीका प्रमुख स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिनुभयो । थापा शल्यक्रियाका लागि आइतबार अस्पताल भर्ना हुनुभएको थियो।

यो पनि…कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठनले जारी गर्‍यो खानपिनका विषयमा गाइडलाइन, के गर्ने के नगर्ने ?

कोरोनाभाइरसका विषयमा विश्व स्वास्थ्य संगठनको तर्फबाट कैयौं गाइडलाइन जारी भइसकेका छन् । सरसफाइ र सुरक्षाका विषयमा कैयौं किसिमका दिशानिर्देश जारी भइरहेका छन् । यही क्रममा डब्लुएचओको तर्फबाट खाद्य सुरक्षाको विषयमा केही टिप्स दिइएको छ । साथमा यी सुरक्षाका उपायहरु किन जरुरी छन् भनेर पनि बताइएको छ ।

१. सफाइमा विशेष ध्यान दिनुस्

खाना बनाउनु वा कुनै पनि खाद्य वस्तु छुनुभन्दा पहिले हातलाई राम्रोसँग सफा गर्नुस् । शौचालय गएपछि हात राम्रोसँग धुनुस् । खाना बनाउन प्रयोग हुने सबै सतहहरुलाई राम्रोसँग धुनुस् र सेनिटाइज गर्नुस् । भान्छाको षेत्रलाई कुनै पनि किसिमका किरा फट्यांग्रा र जनावरबाट टाढा राख्नुस् ।

अधिकांश सूक्ष्मजीव रोगका कारण हुँदैनन् तर फोहर ठाउँ, पानी र जनावरमा खतरनाक सूक्ष्म जीव व्यापक रुपमा पाइन्छन् । यी सूक्षमजीव भाँडा पुछ्ने, किचनका अन्य कपडा र कटिङ बोर्डमा सजिलै आउन सक्छन् । अनि हातको माध्यमबाट खानामा पुग्न सक्छन् । यसबाट कैयौं किसिमका खाद्यजनित रोग हुन सक्छन् ।

२. काँचो र पाकेको खाना अलग राख्नुस्

काँचो मासु, कुखुराको मासु वा माछालाई अन्य खाद्यपदार्थबाट टाढा राख्नुस् । काँचो खानेकुराको लागि सामग्री र भाँडा अलग्गै राख्नुस् । काँचो खानेकुराका प्रयोग हुने कटिङ कोर्ड र चक्कुको प्रयोग अर्को खाना बनाउँदा नगर्नुहोस् । काँचो र पाकेको खानाबीच दूरी कायम गर्नको लागि तिनीहरुलाई कुनै बन्द भाँडोमा राख्नुस् ।

काँचो खानेकुरा विशेषगरी मासु, पोल्ट्री, सी फुड र तिनीहरुको जुसमा खतरनाक सूक्ष्मजीव हुन सक्छन् । खाना बनाउने क्रममा यिनीहरु एउटा खानेकुराबाट अर्को खानेकुरामा जान सक्छन् । त्यसैले यिनीहरुलाई अलग अलग राख्नु जरुरी हुन्छ।

३. खाना राम्रोसँग पकाउनुहोस्

खाना राम्रोसँग पकाउनुस्, खासगरी मासु, अण्डा, पोल्ट्री र सी फुड । यिनीहरुलाई ७० डिग्री सेन्टिग्रेडमा बिस्तारै उमालेर राम्रोसँग पकाउनुस् । यिनीहरुको सुप बनाउँदा यो कुराको ध्यान राख्नुस् कि यो गुलाबी रंगको नदेखियोस् । यो पाकेपछि पूरै सफा दखिनुपर्छ । तापक्रम जाँच गर्नको लागि थर्माकिटरको प्रयोग पनि गर्न सकिन्छ । पाकेको खानालाई खानुभन्दा पहिले एकपटक फेरि राम्रोसँग तताउनुस् ।

राम्रोसँग खाना पकाउँदा सबै किटाणु मर्छन् । अध्ययनबाट प्राप्त जानकारी अनुसार ७० डिग्री सेल्सियस तापक्रममा पाकेको खाना खानु सुरक्षित हुन्छ । खाना पकाउँदा सबैभन्दा ध्यान दिइनुपर्ने खानेकुरा भनेको कीमा, मासु र कुखुराजन्य खाद्यपदार्थ हो ।

४. खानालाई सुरक्षित तापक्रममा राख्नुस्

कोठाको तापमानमा पाकेको खानालाई २ घण्टाभन्दा धेरै नछोड्नुस् । पाकेको खानालाई उचित तापमानमा फ्रिजमा राख्नुस् । खाना पस्किनुभन्दा पहिले त्यसलाई ६० डिग्री सेल्सियस तापक्रममा राम्रोसँग तताउनुस् । खानालाई फ्रिजमा लामो समयसम्म नराख्नुस् ।

कोठाको तापमानमा राखिएको खानामा सूक्ष्मजीव निकै तीब्र गतिमा बढ्छन् । ५ डिग्रीभन्दा कम र ६० डिग्रीभन्दा बढी तापमानमा यी सूक्ष्मजीव फैलिन बन्द हुन्छ । यद्यपि केही खतरनाक किटाणु भने ५ डिग्रीभन्दा कम तापमानमा पनि बढ्छन् ।

५. सफा पानी प्रयोग गर्नुहोस्

पिउन र खाना बनाउन सधैं सफा पानी प्रयोग गर्नुहोस् । हुन सक्छ भने पानीलाई पिउनुभन्दा पहिले उमाल्नुहोस् । तरकारी र फलहरुलाई राम्रोसँग धुनुहोस् । ताजा र पौष्टिक खाद्य पदार्थ लिनुहोस् । सुरक्षाको हिसाबले पाश्चराइज्ड मिल्क राम्रो हुन्छ । एक्सपायरी डेट पूरा भइसकेका खनेकुरा प्रयोग नगर्नुहोस् ।

कच्चा सामग्री, यहाँसम्म कि पानी र बरफमा पनि कैयौं सूक्ष्म जीव पाइनसक्छन् जसले पानीलाई विषाक्त बनाउँछन् । कच्चा खाद्यपदार्थको किनमेल सावधानीका साथ गर्नुस् र तिनीहरुलाई राम्रोसँग धोएर काट्नुस् वा ताछ्नुस् । यसो गर्दा ती पदार्थ किटाणुरहित हुन्छन् ।

Leave A Reply

Your email address will not be published.