सानै उमेरदेखि अभिनेत्री बन्ने इच्छा थियो आलियाको …

0

एजेन्सी – बलिउडकी चर्चित र सफल नायिका हुन् आलिया भट्‌ट । धेरैजसो आफ्नो नयँ फिल्म र प्रेमसम्बन्धका कारण चर्चामा आइरहने आलिया बलिउडकै नम्बर वान अभिनेत्रीमा गनिने गर्छिन् ।

सन् २०१२ मा फिल्म स्टुडेन्ट अफ द इयर बाट बलिउडमा पाइला चलेकी आलियाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी छोरी आलिया सानैदेखि फिल्म क्षेत्रमा आउन चाहन्थिन् । उनलाई सानैदेखि अभिनेत्री बन्ने इच्छा थियो ।

बलिउडमा आउनुअघि ८ बर्षको हुँदा आलिया बुबाआमासँग एक कार्यक्रममा सहभागी हुन गएकी थिइन् । त्यस समय ‘जिना इसीका नाम हे’ नामको कार्यक्रमका सञ्चालक अभिनेता सुरेश ओवरोयले उनलाई के बन्न चाहन्छौ भनेर सोधे । उनले भनिन् म अभिनेत्री बन्छु ।

यसबारे हालै आलियाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले आफुको सानैदेखि अभिनेत्री बन्ने इच्छा रहेको बताएकी छिन् ।सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले त्यस कार्यक्रममा महेश भट्ट, सोनी, अलिया, शाहिनका साथ अभिनेत्री पूजा भट्ट पनि रहेको बताइन् ।

Leave A Reply

Your email address will not be published.