आफैले गाएको गीतको भिडियो सार्वजनिक गरे सलमानले, ज्याकलिनको अंगालोमा बाधिँए (भिडियो)

0

काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय उनी घरमै छन् । लकडाउनले फिल्मी गतिविधि बन्द हुँदा सलमान घरबाटै फिल्मी कार्यहरु गरिरहेका छन् ।

यस्तै हालै उनले भिडियो सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नयाँ गीत तेरे बिनाको भिडियो टिजर सार्वजनिक गरेका हुन् । उक्त भिडियोमा सलमान र ज्याकलिन फर्नान्डिज छन् । गीतको भिडियोमा सलमान र ज्याकलिन अंगालोमा बाधिँएका छन् ।

सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको यस गीत सलमानले आइतवार मदर्स डेको उपलक्ष्यमा सार्वजनिक गरेका हुन् । यस गीतको भिडियोलाई अभिनेता सलमानले नै निर्देशन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.