भुमि मिचिंदा दुखेपछि ‘गो ब्याक इण्डिया” भन्दै अमेरिकावासी नेपालीद्वारा भारतविरुद्ध प्रदर्शन
काठमाडौं। नेपाली भूभाग मिचेर लिपुलेकमा भारतले सडक निर्माण गरेको बिरोधमा नेपालका विभिन्न शहरमा बिरोध प्रदर्शन भैरहेका बेला अमेरिकामा रहेका नेपालीहरूले पनि भारतविरुद्ध प्रदर्शन गरेका छन् ।
नेपालको झण्डा र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा उनीहरूले लिपुलेक नेपालको हो, गो ब्याक इण्डिया लगायतका नारा लगाएका थिए ।
कोरोना भाइरस संक्रमणको त्रासबीच गरिएको प्रदर्शनमा ठूलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । यद्यपि प्रदर्शनका क्रममा सामाजिक दुरीको भने पालना गरिएको थियो ।
तस्विर हेर्नुहोस: