‘विप्लव दाई आदेश देउ , सिमा रक्षाका लागि सहिद हुन तयार छौं’

0

काठमाडौं। सरकारी संयन्त्रले नेपालको सिमा रक्षा गर्न नसकेको भन्दै युवाहरुले देश रक्षाका लागि ल’ड्न तयार रहेको बताएका छन । सामाजिक संजालमा जनस्तरबाट भारतसँग ल’ड्नका लागि तयार रहेको बताउँदै विप्लवको आदेशमात्र पर्खेर बसेको बताएका छन ।

सामाजिक संजालमा राष्ट्रभावले ओतप्रोत युवाहरुले आदेश दिए भारतसँग लड्न तयार रहेको उनीहरुको भनाई छ । उनीहरुले देशका लागि सहिद हुन पनि तयार रहेको बताएका छन । जनस्तरबाट विप्लवलाई जनताको साथ रहेको भन्दै युवाहरुले आदेश दिन ढिलाइ गर्न नहुने भन्दै दवाव दिएका छन।

पार्टीको कुनैपनि संयन्त्रमा नलागेका राजनीतिलाई घि’र्णा गर्ने युवाहरुले पनि विप्लवको आदेश पर्खेर बसेको बताएका छन । भारतले नेपालको भुमि मिचेर मानसरोबर जाने सडक बनाएको भन्दै आ’क्रोसित युवाहरुले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपालाई गुहारेका हुन ।

सामाजिक संंजालमा पूर्ण थापा नाम गरेका युवाले आफू पनि भारत विरु’द्ध हतियार बोक्न तयार रहेको बताएका छन । त्यस्तै, च’रित्र साउद नाम गरेको युवाले भनेका छन, ‘क विप्लव आदेश दिनुस् , कहाँ कतिवेला के गर्ने हामी गर्छौँ।’
यस्ता हजारौं युवाले अगाडी बढे जनताको साथ रहेको भन्दै आफ्ना सेनालाई सिमाना खटाउन आग्रह गरेका छन । कतिले देशका लागि आत्माघाति ह’मला गर्न पनि तयार रहेको बताएका छन ।

Leave A Reply

Your email address will not be published.