भारतमा ७० हजार नाघ्याे कोरोना भाइरस संक्रमितकाे संख्या

0

काठमाडौं, ३० वैशाख । कोरोना भाइरस (काेभिड-१९) को संक्रमण तीव्र बन्दै गएकाे भारतमा साेमबार पनि ३६ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

साेमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेका हुन् । आइतबार भारतमा ४ हजार ३५३ नयाँ काेराेना संक्रमित फेला परेका थिए । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । यससँगै भारतमा काेराेना संक्रमितकाे संख्या ७० हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमित संख्या ७० हजार ७६८ पुगेकाे छ । यसैगरी काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार २९४ पुगेकाे छ ।

साेमबार त्यहाँ काेराेनाका कारण ८२ जनाकाे मृत्यु भएकाे छ । आइतबार भने १११ जनाकाे मृत्यु भएकाे थियाे, शनिबार पनि ११६ जनाकाे ज्यान गएकाे थियाे ।

यसैबीच भारतमा २२ हजार ५४९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४५ हजार ९२५ संक्रमित हाल उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणकाे उपायस्वरूप लकडाउन जारी राखेकाे छ । पछिल्लाे चरणकाे लकडाउन मे १७ (जेठ ४) सम्म पुर्याएको छ ।

Leave A Reply

Your email address will not be published.