आज चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने, सर्तक रहन आग्रह
काठमाडौँ – पछिल्ला दिन लगातार देशभरका अधिकांश भूभागमा जारी रहेको वर्षा आज हुन के गर्ला ? जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशका विभिन्न स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी भुभागका स्थानमा बदली हुने सम्भावना रहेको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशको विभिन्न स्थानमा बदली भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउसोपछि देशका पहाडि भूभाग र तराईका केही स्थानमा बदली भई मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।