आज एकै दिन थपिए ५७ जना कोरोना संक्रमित, संक्रमितको संखा १९१ पुग्यो
काठमाडौ , आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन ।थपिएका सबैजना संक्रमित पुरुष छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन्। स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन्। यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए।
नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना भन्दा निको भएर घर फर्किएका छन्। उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन्। यसअघि सोमबारमात्र २४ जना कोरोना संक्रमित थपिएका थिए। पछिल्ला तीन दिन लगातार कोरोनाभाइरसका संक्रमित थपिरहेका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।