सीमाबारे जथाभाबी नबोल्न प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएको एक मन्त्रीले बताए । सीमा समस्या हल गर्न सरकारले पहल गरिरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो। संसदका विभिन्न समितिहरूले यसबारेमा जवाफ दिन परराष्ट्र र भूमि सुधार मन्त्रीहरूलाई बोलाइरहेका छन्।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमामा भारतले बलमिच्याइँ गरिरहेको भए पनि त्यसको समाधान सडकमा उफ्रेर नहुने बताए। भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै अचेल दिनदिनै विभिन्न संगठनहरूले काठमाडौंलगायत ठाउँमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले ती प्रदर्शनकारीलाई गिरफ्तार पनि गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.