गरिब देशहरुमा कोरोना भाइरसले भन्दा धेरै भोकमरीले मान्छे मर्छन : इमरान खान

0

काठमाडौं । कोरोनाको नराम्रो असर भोगिरहेको पाकिस्तानमा अहिले अवस्था चिन्ताजनक रहेको छ । पाकिस्तानमा अहिले ताजा अवस्थामा झण्डै ३ सय आसपास संक्रमित रहेका छन् । पाकिस्तानमा पहिलो पटक कोरोनाका कारण २ जनाको ज्यान गएको छ । सार्क देशहरुमा एकदम खराब अवस्थामा रहेको पाकिस्तानमा ३०७ जना संक्रमित भएको बताइएको छ ।

इरानमा नराम्रोसँग फैलिएको कोरोनापछि यसको असर पाकिस्तानमा पनि देखिएको हो । यो बीचमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको बढ्दो प्रभावलाई ध्यानमा राख्दै विश्वका धनी देशहरूसँग सहयोगको लागि अपील गरेका छन् । खानले भने, ‘ठूला देशहरूले पाकिस्तानको ऋण माफ गरि दिनुपर्दछ र आर्थिक सहयोग दिनुपर्दछ ताकि कोरोना भाइरस बिरूद्ध लडाई लड्न सकियोस् ।’ कोरोना भाइरसको कारण पाकिस्तानमा बुधबार २ जनाको मृत्यु भएको छ ।

एक अन्तर्वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले कोरोना भाइरसको कारण गरीब देशको अर्थव्यवस्था प्रभावित हुने जानकारी दिए । उनले भने, ‘यदि हाम्रो अवस्था बिग्रँदो भयो भने चिकित्सा प्रणालीले यसलाई सम्हाल्न सक्दैन, यो केवल पाकिस्तानमा मात्र होइन भारतमा पनि हुनेछ ।’ इमरान खानले मंगलबार साँझ पाकिस्तानी जनतालाई सम्बोधन गर्ने छन ।

इमरान खानले भने, ‘यही कारणले ठूला देशहरूले साना देशहरूलाई सहयोग गर्नु पर्दछ र आर्थिक सहयोग दिनुपर्दछ ।’ पाकिस्तानी प्रधानमन्त्रीले इरानको उदाहरण दिएर भने, ‘इरानमा प्रतिबन्ध लगाइएको छ, यसै कारण मृत्यु धेरै हुने गरेको छ । अहिलेको लागि प्रतिवन्ध हटाउनु पर्दछ ।’ खानले पाकिस्तान, भारत जस्ता देशहरुमा कोरोना भन्दा पनि भोकमरीले धेरै मान्छेहरु मर्ने बताए ।

Leave A Reply

Your email address will not be published.