बलिउड अभिनेता दिलिपकुमार क्वारेन्टाइनमा

0

भारतीय अभिनेता दिलिपकुमार कोरोना भाइसविरुद्ध सावधानी अपनाउन क्वारेन्टाइनमा बस्ने भएका छन्।९७ वर्षीय अभिनेता दिलिपले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन्। उनलाई श्रीमती सायरले हेरबिचार गरिरेकी छन्। यद्यपी उनलाई कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने होइनन्।

९७ वर्षे अभिनेता कुमारले कोरोना भाइरसबाट जोगिन सबैलाई अपिल समेत गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘कोरोनाबाट जोगिन सकेसम्म घरभित्रै बस्नुहोस्।’ भारतमा कोरोना भाइरसका कारण १ सय भन्दा बढीमा संक्रमण भेटिएको छ भने २ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइसविरुद्धको खोप अमेरिकी महिलामा परीक्षण गरियो

कोरोना भाइरसविरुद्धको खोपको पहिलो परीक्षण ४३ वर्षीया महिलामा गरिएको छ।अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई कोरोनाविरुद्धको खोप परीक्षण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उनको शरीरमा पठाइएको र त्यसले उनको शरीरमा कुनै असर नगर्ने बताइएको छ।

विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन्। विश्व भरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप अनुसन्धानमा जुटेको छन्।

अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो। सामान्यतया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो।

Leave A Reply

Your email address will not be published.