मकै बारीमा लत्रिएको तार छुँदा करेन्ट लागेर १६ वर्षीया विपनाको ज्यान गयो

0

धादिङ, ३० वैशाख- बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जयपुरीमा लत्रिएको तार छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएका ठाउँमा करेन्ट लागेर १६ वर्षीया विपना चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

गाउँमा लगिएको विद्युत्को नाङ्गो तार मकै बारीमा लत्रिएको र चेपाङले भुलवश तार छुँदा मृत्यु भएको वडाध्यक्ष अम्मरबहादुर गुरुङले जानकारी दिनुभयो । करेन्टबाट घाइते चेपाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको थियो । विद्युुत् मर्मत गर्न जाने योजना गर्दैगर्दा घटना भएकाले नेपाल विद्युत् प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति तिर्ने प्राधिकरण धादिङका ध्रुव भण्डारीले बताउनुभयो । (रासस)

Leave A Reply

Your email address will not be published.