Breaking: फेरी थप १७ जनामा कोरोना संक्रमण ,आज एकै दिन थपिए ७४ जना संक्रमित

0

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको नया रेकर्ड कायम भएको छ । आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। यो संगै २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। पछिल्लाे पटक थपिएका १७ जना कुन-कुन जिल्लाका हुन् भन्ने जानकारी आइसकेकाे छैन । स्वास्थ्य मन्त्रालय स्राेतका अनुसार सबै जानकारी आएपछि केहीबेरमा पूर्ण विवरण सार्वजनिक गर्ने तयारी भइरहेकाे छ ।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो। कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन्। स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन्। यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना भन्दा निको भएर घर फर्किएका छन्। उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन्। यसअघि सोमबारमात्र २४ जना कोरोना संक्रमित थपिएका थिए।

Leave A Reply

Your email address will not be published.