भक्तपुर नयाँ ठिमिकी कोरोना संक्रमित स्टाफ नर्स रहेको खुलाशा
भक्तपुर : भक्तपुरमा नयाँ ठिमिकी कोरोना संक्रमित महिला स्टार्फ नर्स रहेको खुलेको छ। २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ। हाल मध्यपुर थिमि नगरपालिका -९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन्। उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। प्रजिअ पाण्डेका अनुसार महिला आफैँ टेकु अस्पताल पुगेकी थिइन्।
त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। अहिले संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यसमेत द्रूत गतिमा भइरहेको छ। संक्रमित देखिएको ठाउँ सिल गरिएको छ भने उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान भइरेको बताईएको छ । महिला सुनसरीको झुम्काबाट आएको पुष्टि भएकाले उनी बाहिरबाटै संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ ।