दोलखा केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्प, नेपालभर धक्का महसुस

0

काठमान्डौ, दोलखा केन्द्र भएर केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।मंगलबार राति ११ बजेर ५३ मिनेट मा दोलखाको जुगु आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ५.३ म्याग्नेच्युड थियो । भूकम्पको धक्का काठमान्डौ , भक्तपुर , ललितपुर , सिन्धुपाल्चोक, धादिंग , तनहु , चितवनलगायत देशका अन्य जिल्लाहरुमा पनि महाशुह गरिएको छ ।मध्यरातमा भुकम्पको धक्काले महशुश भएपछी धेरै मानिसहरु घरबाहिर निक्लिएका छन ।

२०७२ वैशाख १२ र २९ गते भूकम्प गएको थियो । जसका कारण ठूलो ज’नधनको क्षति भएको थियो । आजको भूकम्पका कारण अहिलेसम्म क्ष’तिको कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको केन्द्रबिन्दुको गहिराई १०० किमी भएकोले लामो समय र धेरै टाढा सम्म सामान्य धक्का महसुस भएको हुनसक्‍ने जनाइएको छ । काठमाडौंलगायतका आसपासका क्षेत्रमा यसको धक्का महसुस भएको छ ।

Leave A Reply

Your email address will not be published.