रेलसेवा सुरु भएसँगै भारतबाट ठूलो संख्यामा नेपाली फर्किंदै, झनै जाेखिम बढ्ने सम्भावना

0

काठमाडौं। नेपालमा धेरैजसो संक्रमण भारतबाटै आउनेका कारण फैलिरहेका बेला भारतले रेल सेवा सुरु गरेपछि जोखिम थप बढ्ने भएको छ। भारतले मंगलबारबाट आंसिक रुपमा रेल सेवा सुरु गरेको छ। जसका कारण त्यहाँ रहेका धेरै नेपाली स्वदेश फर्किने आँकलन गरिएको छ।

भारतमा संक्रमण तिब्र रुपमा बढिरहेका बेला सोही मुलुकबाट ठूलो संख्यामा नेपाल भित्रिने उनीहरुको व्यवस्थापन गर्न गाह्रो हुनेछ। भारतका पन्जाव, राजस्थान, दिल्ली र मुम्वईबाट ठूलो संख्यामा नेपाली भित्रिने प्रवासी नेपाली संघ भारतका दिल्ली राज्य समिति सचिव बिमलराज पौडेलले बताए।

संघले भारतमा रहेका नेपालीहरुको अवस्था र उनीहरु यो संकटमा के चाहन्छन् भनेर विभिन्न सहरमा अध्ययन समेत गरेको थियो। अध्ययनका क्रममा डेढ लाख बढी घर फर्किन चाहने नेपालीहरु भेटिएको पौडेलले बताए। नेपालीको अवस्था र उनीहरुको चाहनाका बारेमा संघले नेपालको परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउने तयारी गरेको छ।

भारतका विभिन्न सहरमा होटलमा काम गर्ने, गाडी तथा ग्यारेजमा काम गर्ने, ड्राइभर लगायत साना उद्योगहरुमा कार्यरत नेपालीको भारत बसाई कष्टपुर्ण बन्दै गएकाले भारतमा रेल चलेसँगै उनीहरु फर्किन सक्ने बताइएको छ।

Leave A Reply

Your email address will not be published.