खुशिको खबर: कोरोनालाई जितेर डिस्चार्ज भइन् चितवनकी ६३ वर्षीया संक्रमित महिला

0

चितवन, चितवनकी कोरोना संक्रमित महिला आज (बुधबार) दिउँसो डिस्चार्ज भएकी छन् ।राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलालाई आज भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो । उनलाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल भरतपुर अस्पताल आइपुगेकी थिइन् । संक्रमित महिलासंगै संक्रमित छोरा पनि संगै एम्बुलेन्स चढेर घर फर्किएका छन् । यसअघि नै निको भइसकेका उनका संक्रमित २७ वर्षीय छोरा आमाको स्याहार गर्दै आइरहेका थिए । महिलाको भने निरन्तरत रिपोर्ट पोजिटि आइरहेका थियो ।

तर लगातार दुई पटक गरिएको परीक्षणमा महिलामा कोरोना रिपोट नेगेटिभ आएको थियो ।भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीले लगातार रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए । उनले संक्रमित दुवैका अवस्था अहिले सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताए । उनले सोही अनुरुप राप्ती नगरपालिकालाई बिरामीको जिम्मा लगाईएको बताए ।दुवै जना संक्रमित निको भएसंगै चितवन अब तत्कालका लागि कोरोना संक्रमणमुक्त बनेको छ । आमा र छोरामा वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसपछि उनीहरुको स्वाब पुनः टेकु प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पनि पोजिटिभ देखिएपछि वैशाख ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए ।

Leave A Reply

Your email address will not be published.