एक्कासी काठमाडौं किन आयो चिनियाँ एयरफोर्सको जहाज ?

0

काठमान्डौ , बुधबार बिहान चिनियाँ एयरफोर्सको जहाज काठमाडौं आएको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त जहाज बुधबार बिहान अवतरण भएको हो। सैनिक उडान भएकाले जहाजले के सामान ल्याएर आएको छ भन्ने विमानस्थल प्रशासनलाई जानकारी दिइएको छैन। सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर त्यसमा के-के छ भन्ने खुल्न सकेको छैन। काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ।

‘चिनियाँ सेनाले गरेको सहयोगको काठमाडौं आएको हो। त्यसमा के-के सामान छ, हामी केहीबेरमा वक्तव्यमार्फत् जानकारी दिन्छौं,’ दूतावासका एक अधिकारीले भने।

Leave A Reply

Your email address will not be published.