शौचालय जाने वहानामा अस्पतालको आइसोलेशनवाट भागेका २ कोरोना संक्रमित युवा अझ फेला परेनन्

0

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डवाट भागेका २ कोरोना संक्रमित युवा अझै फेला परेका छैनन् । उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइहरेको थियो । बुधवार दिउसो उनीहरु शौचालय जाने वहानामा बाहिर निस्केका थिए । दिउसो साढे ३ वजे अस्पतालको भवनवाट कुदेर भागेका उनीहरु अझै फेला परेका छैनन् । अस्पतालको आइसोलेसनको वार्डवाटै कोरोना संक्रमित भागेपछि प्रहरीले खोजि जारी राखेको छ । अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डमा राखिएका दुवैजना बुधबार दिउँसो साढे ३ बजे तिर भागेको अस्पतालले जनाएको छ ।

अस्पतालबाट भाग्नेहरुमा पर्साका विन्दाबासिनी गाउँपालिका घर भइ हाल वीरगन्ज २ मा बस्दै आएका राजनाथ यादव र वीरगन्ज १६ इर्नरुवाका ४४ वर्षीय जावेद मियाँ हुन् । उनीहरु दुवैलाई, मङगलबार दिउँसो कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको दोस्रो तलामा रहेको सर्जिकल वार्डमा बनाइएको आइसोलेसनमा रहेको शौचालयमा गएका उनीहरु हाम्फालेर भागेको प्रहरी जनाएको छ ।

आइसोलेसनबाट २ संक्रमित भागेको खबर बाहिरिए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अस्पताललाई घेरा हालेको फरार दुवैको खोजी गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.