रवि लामिछानेसँग मदिरा पार्टी गरेकाे समाचार बाहिरिएपछि दीपक राज गिरीले मुख खाेले, हेर्नुहोस के भने ?

0

काठमाडाैं । चर्चित हास्य कलाकार तथा अभिनेता दीपक राज गिरीले राहत वितरण गरेर फर्किएको अवस्थामा सामान्य खाना खाएको प्रष्ट पारेका छन् । संचारकेन्द्रसंग कुरा गर्दै अभिनेता गिरीले खाना ७/ ७ जना साथीहरुले खाना खाएर आफैले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्विरलाई आधार बनाएर अनावश्यक भ्रम फैलाएको बताए ।

‘७/८ जनाले सामान्य खाना खाएको हो । जसले नि खान नी हैन र ?’ उनले भने -‘खानलाई पार्टी भनेर अनावश्यक प्रचार गरियो ।’ उनका अनुसार काठमाडाैंमा लकडाउन केहि खुकुलो भएको बेला गत साेमबार चलचित्रकर्मीहरू अनुराग कुँवरले बितरण गरेको एक राहत कार्यक्रम सकिएपछि भोक लागेको बेला सबै पसलहरु बन्द रहेको अवस्थामा कुँवरकहाँ नै सबैले खाना खाएका हुन् ।

‘दिनभर भोकाएका थियौ, पसलहरू बन्द थिए अत अनुरागजी कहाँ नै खाना खाना जाने कुरा भयो, सामान्य भोजन गर्यौ’ उनले भने – ‘न कुनै तडक भडक गर्यौ । न त्यो कुनै पार्टी नै थियो।’ उनले लगभग १०/१२ दिन राहत बॉड्न हिडेको बेला कसैले नदेखेको तर राहत बाँडेपछि बसेर खाना खाएको फोटोलाइ आधार बनाएर मसलायुक्त समाचार छापिएकाे भन्दै गुनासाे पाेखे। यस्तो छ उनको फेसबुक स्टाटस..

”आज म लेख्दैछू … लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामीले नै खिचेर हालेको फोटोलाई आधार बनाएर मसलायुक्त समाचार छापियो त्यसका लागि लागि धन्यबाद छ । केहि फिल्मी पत्रकार साथीहरूलाइ !!! समाचारै लेख्दा अलि बुझेर लेख्या भए समाचार रमाइलो हुदैनथ्यो तपाईहरुको पिडा पनि बुझ्छू म ….

शनिवार भोज गरे भनेर लेखेका छन् साथिहरूले , जबकि त्यो फोटो सोमबारको हो । तपाईहरुको स्क्रिप्ट यहिबाट चिप्लिन सुरू भो । तपाईहरुले लेख्नु भएको स्क्रिप्टमा केहि सत्य कुरा नि हालौ है त ?

कुरा हो सोमबारको । जति बेला काठमाडाैंमा लकडाउन केहि खुकुलो भएको थियो, सडकमा मज्जाले गाडिहरू गुड्न थालेका थिए । अनि हामी चलचित्रकर्मीहरू अनुरागजीले बितरण गरेको एक राहत कार्यक्रम मा सहभागी भयौ ।

दिनभर भोकाएका थियौ, पसलहरू बन्द थिए अत, अनुरागजी कहाँ नै खाना खाना जाने कुरा भयो, रबिजीलाई मैले कल गरे । उहॉ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडक भडक गर्यौ । न त्यो कुनै पार्टी नै थियो.. जहांसम्म रबी लामिछाने जी को कुरा छ, उहॉ लाखौ नेपालीहरूको आशाको केन्द्र हो ।अत: उहॉ माथिको प्रहार गलत छ र त्यो आरोप मा एक रत्ती सत्यता पनि छैन ।

त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन, एक त धेरै लामो समय देखि हामी भेटेका थिएनौ । मैले नै उहॉलाई यो परिस्थितिमा एक अर्कासंग कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ छलफल पनि गरौ ,लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनु भयो , सामान्य खाना खायौ.. थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौ ।

त्यहिवेला ३४ जना नयॉ संक्रमित थपिएको समाचार आयो, रबिजीले नै भन्नु भयो “ ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ अब हामि भिडियो च्याट मैं कुरा गरौला “उहॉ निस्कनु भयो । हामि पनि घर आयौ….मसला नभएको कथा चाहि यहि हो !!! तैपनि हामि बाट एउटा गल्ति चाहि भयो ।

सडकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुदैन भन्ने हेक्का थियो तर साथिहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौ .. “लखर लखर हिडेर मदिरा पार्टी गरेर ,नॉचगान गरेर उच्छृंखलता प्रस्तुत गरेको अबस्था पनि होइन , राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो ….. ब्याख्या आ आफ्नै ढंगले गर्न सबैलाइ छुट छ ….. जय नेपाल!!! ”

Leave A Reply

Your email address will not be published.