संक्रमितको सङख्या २५० पुग्दा २१ जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति ? (तालिकासहित)

0

नेपालमा पहिलोपटक गत जनवरी २३ मा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राष्ट्रिय प्रयोगशालामा भेटिएका उनी भने निको भइसकेका छन्। मे १४ सम्म आइपुग्दा कोरोना संक्रमितको संङख्या २ सय ५० पुगेको छ । नेपालमा ७७ जिल्लामध्ये २१ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

बिहिबार बिहान सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै पर्सा जिल्लामा ८२ जना, रुपन्देहीमा ३९ जना, उदयपुरमा ३२ जना, कपिलवस्तु जिल्लामा ३१ जना, बाँकेमा २५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै काठमाडौंमा ७ जना, धनुषामा ५ जना, कैलाली र महोत्तरीमा ४-४ जना, बारा र रौतहटमा ३-३ जना, बाग्लुङ, चितवन, झापा, सर्लाही र भक्तपुरमा २-२ जना, बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, सर्लाही र नवलपरासी (पश्चिम) मा १-१ जना गरी जम्मा २ सय ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमितको सङख्या २ सय १७ पुग्दा ३५ जना संक्रमितहरु निको भएर फर्केका छन् । तीमध्ये सबैभन्दा बढी उदयपुरमा १४ जना, काठमाडौंमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङ्ग र चितवनमामा २-२ जना, कञ्चनपुर, भोजपुर, झापा, रौतहटमा र रुपन्देहीमा १-१ गरी जम्मा ३५ जना संक्रमित निको भएर फर्केका छन् ।

Leave A Reply

Your email address will not be published.