अपडेट : स्वास्थ्य मन्त्रालयले गल्ती सच्यायाे, नेपालमा काेराेना संक्रमित संख्या २४५ नै कायम

0

काठमाडाैँ, १ जेठ । नेपालमा काेराेना संक्रमित संख्याकाे तथ्यांक अपडेट गर्दा स्वास्थ्य मन्त्रालयले गल्ती गरेकाे स्वीकारेकाे छ । यसअघि बिहीबार बिहानकाे दाेस्राे अपडेटमा थप ५ जनामा काेराेना भाइरस पुष्टि भएकाे र नेपालमा कोरोना संक्रमित संख्या २५० पुगेको भन्दै मन्त्रालयले विज्ञप्ती निकालेकाे थियाे । त्यसैका अाधारमा सबैजसाे सञ्चारमाध्यममा गलत विवरण गएकाे छ ।

मन्त्रालयले बिहीबारै बिहान १०ः१५ बजे जारी गरेकाे विज्ञप्तीमा प्राविधिक कारणवश यसअघि २५० संक्रमित पुगेकाे बताउँदै वास्तविक संक्रमित संख्या २४५ नै कायम रहेकाे जनाएकाे हाे ।

यसअघि बिहान ७:४५ बजेकाे अपडेटमा मन्त्रालयले सर्लाही, धान्काैल नगरपालिका निवासी ४५ वर्षीय एक पुरूषमा, धनुषाकाे जनकपुर र मिथिला निवासी ४० वर्षीय पुरूष तथा २० वर्षीया महिलामा तथा महाेत्तरीकाे जलेश्वर र बलवा निवासी १६ तथा ३५ वर्षीय पुरूषमा संक्रमण देखिएकाे बताएकाे थियाे । तर ती यसअघि नै पुष्टि भइसकेकाे विवरण गल्तीवश दाेहाेरिएकाे मन्त्रालयले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.