डब्ल्यूएचको चेतावनी कोरोना संक्रमण कहिल्यै उन्मुलन हुदैन्

0

काठमाडौ, जेठ १- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोनाभाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबीच रहिरहने सम्भावना व्यक्त गरेका छन् ।

उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए । माइकल रयानले भ्याक्सिन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्ने बताएका छन् ।यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

कोभिड–१९ को भ्याक्सिन तयार गर्न अनेकौं कोसिस भइरहेका छन् । मोटामोटी रुपमा कोभिड–१९ का लागि कम्तीमा सय भ्याक्सिन बनाउने कोसिस भइरहेको छ । तर संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएकाले यो कठिन छ भनेका छन्।

यद्यपि, संसारका विभिन्न देशले लकडाउन खुकुलो पार्न थालिसकेका छन् । यसमाथि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनोम गिब्रयेससले यसका कारण संक्रमणको गती बढ्नसक्ने सम्भावना व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.