होसियार ! कुखुराको मासु २ सय ५० भन्दा बढीमा नबेच्नुस ! कार्बाहीमा पर्नुहोला

0

सिधाखबर \ देशमा कोरोना भाईरस संक्रमणले त्रास बनाईरहेको बेला मकवानपुरमा कुखुराको मासुको मुल्यवृद्धि गरेको भन्दै उपभोक्ताहरुले यसको विरोध गरेकाछन्, ।

लकडाउनको मार खेपिरहेका गरिब मजदुर र विपन्न परिवारहरुले खान नपाउने यो अवस्थामा मकवानपुरमा भने कुखुराको मासुको मुल्य आफुखुसी वृद्धि गरेर कालो बजारी गर्न खोजेको भन्दै आम उपभोक्ताहरुले दुखेसो पोखेकाहुन।

आफुखुसी कुखुराको मासुको मुल्य तोकेर बिक्रीवितरण गरेको जनगुनासो बढेपछि मकवानपुर प्रशासनले कडाई गर्ने बताएको छ । कोराना भाईरसका कारण देश लकडाउनमा रहेको समयमा जनतालाई सर्वसुलभ तरिकाले खरिदबिक्री गराउन प्रशासनले आग्रह गरेपनि प्रशासनको आग्रहलाई समेत बेवास्ता गरी बजारमा मासु व्यवसायीेहरुले आफुखुसी मुल्यलिएर कुखुराको मासु बिक्रीवितरण गरेको पाईएकोले यसमा निगरानी बढाउने बताईएको हो ।

बुधबार देखी कुखुराको माशुप्रति किलो २ सय पचास भन्दा बढी कोही कसैले लिएको पाईएमा कानुन बमोजिम कार्बाहीहुने प्रशासनले बताएको छ । बुधबार देखी हेटौडामा बिज्ञबाट कडा रुपमा अनुगमन गर्ने समेत हेटौडा उपमहानगरपालीकाका उपमेयर मिना लामाले बताउनु भयो ।

यो समुहले केही दिनमा कृषकका समस्याहरु बुझेर मुल्यबृद्धि गर्नुपर्ने समस्या हो भने त्यतातिर जाने समेत उपमेर लामाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.