मनकामना केवलकार बन्द हुने

0

गोरखा- मनकामना मन्दिरको केवलकार चैत ८ गतेदेखि बन्द हुने भएको छ । कोरोना भाइर*सको सङ्क्र*मणलाई मध्यनजर गर्दै प्रशिद्ध धार्मिक स्थल मनकामना मन्दिरको केवलकार चैत ८ गतेदेखि बन्द गर्न लागिएको बताइएको छ । चैत मसान्तसम्म केवलकार बन्द गर्ने निर्णय भएको बताइएको छ ।

केवलकार बन्द हुने अवधिभर कर्मचारीहरुलाई बिदा दिइने छ । २२ दिन केवलकार बन्द हुँदा करिब ५ करोड बराबरको नोक्सानी हुने बताइएको छ ।

अन्य समाचार : स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बूढानीलकण्ठमा कोसेली घर निर्माण गरिने बूढानीलकण्ठ- स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बूढानीलकण्ठ नगरपालिकाले कोसेली घर निर्माण गर्ने भएको छ । नगर क्षेत्रभित्र उत्पादन भएका पहिचान झल्कने खालका वस्तुको बिक्री वितरणका लागि कोसेली घरको निर्माण गर्ने जनाएको छ । स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइने उद्देश्यले कोसेली घरको निर्माण गरिने नगरउपप्रमुख रमादेवी राईले बताउनुभयो ।

उक्त घरको निर्माणले स्थानीस्तरमा उत्पादन भएका घरेलु सामग्रीको बिक्री वितरण गरेर घरेलु तथा साना उद्यामीको जीवनस्तरमा परिर्वतन ल्याउन यसले मुख्य भूमिका खेल्ने औँल्याइएको छ ।

कोसेली घरमा नगरपालिकामा स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका सुइटर, झोला, हस्तकला, काष्ठकलालगायत विभिन्न सामग्री, गिफ्टका सामग्री र घरेलु उत्पादित विभिन्न खाद्य सामग्री राखिने नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताउनुभयो । उक्त कोसेली घर नगरपालिकाको वडा नंं २ र १० मा निर्माण गरिने बताइएको छ । (रासस)

Leave A Reply

Your email address will not be published.