अब काठमाडौंका भित्री सडक तथा गल्लीमा नि’स्किए पनि पक्राउ पर्ने
काठमाडौं, कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्र’भावकारी बनाउन काठमाडौंमा अर्को जिल्लाबाट आउने पैदल यात्रुहरूलाई पनि प्रवेश नि’षेध गरिने भएको छ। गृहमन्त्रालयबाट प्राप्त निर्देशनहरू तथा जिल्ला सु’रक्षा समितिको शुक्रबार बसेको बैठकको निर्णयले पैदल यात्रुहरूलाई पनि प्रवेश नि’षेध गर्ने निर्णय गरेको हो। त्यस्तै एम्बुलेन्स, श’व ब’हान, औ’षधि तथा स्वास्थ्य सामग्री, सबै औद्योगिक क’च्चा पदार्थ र तयारी मा’लवस्तु पेट्रोलियम पदार्थ, ग्यास, बोक्ने सवारीसाधनलाई पास नचाहिने प्रशासन कार्यालयले जानकारी दिएको छ।
साथै सबै प्रकासरका खाद्य वस्तु, पशुपंक्षीजन्य आ’हारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल तथा निर्माण सामाग्री बोकेका सवारीसाधनलाई पास नचाहिने प्रशासनले जा’री गरेको सूचनामा उल्लेख छ। यी सवारीसाधन बा’हेक अन्यलाई भने काठमाडौंमा प्रवेश नि’षेध गरिएको छ। त्यस्तै प्रशासनले अब विभिन्न ब’हानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने नि’र्णय गरेको छ । यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा ख’टिएको थियो ।