लकडाउनमा अब एक्लै पैदल पनि हिड्न नपाइने, चेतावनीसहितको सुचना हेर्नुहोस्

0

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्दैछ । यो बीचमा सरकारले रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा लकडाउनमा कडाइ गर्दै आएको छ । गृह मन्त्रालयबाट प्राप्त निर्देशन र शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने बोल्ड निर्णय गरेको छ । काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो ।

सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि चेतावनी दिइएको छ । तर, एम्बुलेन्स, लाश वाहन, औषधि तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने, सबै प्रकारका खाद्यवस्तु ढुवानी गर्ने, पशुपन्छीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, फलफूल तथा तरकारी र निर्माण सामग्री बोकेका सवारी साधनलाई सवारी पास बिना चल्न दिने निर्णय गरिएको छ । अर्को तिर निर्माण सामग्री बोकेका हेभी सवारी साधन भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै सञ्‍चालन गर्न पाइनेछ । काठमाडौं उपत्यकामा यो भन्दा यसरी लकडाउन गरिएको थिएन् ।

Leave A Reply

Your email address will not be published.