भारतीय नागरिकलाई नेपाल प्रवेशमा रो’क लगाउने तयारी

0

काठमाडौं, सरकारले कोरोना (कोभिड १९) भाइरस प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रो’क लगाएको छ। भारतीय नागरिक भने बिहीबारसम्म नि’र्वाध रुपमा नेपाल प्रवेश गरिराखेका छन्। भारतमा कोरोना संक्रमणले तीनजनाको मृत्यु भइसकेको छ भने १७० जना संक्रमित भइसकेका छन्। हवाई र सडक र पैदलमाध्यमबाट हजारौंको संख्यामा नेपाल प्रवेश गरिरहेका छन्। अध्यागमन स्रोतका अनुसार देशमा कोरोना संक्रमण फैलिएपछि नेपाल प्रवेश गर्ने भारतीय नागरिकको संख्या बढेको छ ।यसलाई रो’क्ने विषयमा बिहीबार छलफल भएको हो।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा भारतीय नागरिकलाई तत्कालका लागि कसरी रो’क्ने भन्ने विषयमा छलफल भएको हो। बैठकको प्रमुख एजेण्डा नै कोरोना भाइरसको वस्तुस्थिति, पूर्वतयारी तथा प्रतिकार्य योजना थियो। एजेण्डामाथि छलफल गर्दै बैठकमा भारतीय नागरिकलाई रो’क्ने विषयमा छलफल भएको हो। निर्णय भने केही नभएको गृह स्रोतले बताएको छ। त्यसैगरी बै’ठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तयारीको विषयमासमेत छलफल भएको छ। सँगै कोरोना संक्रमण विश्वव्यापी बनिरहेका बेला सरकारले उच्च स’र्तकता अपनाएको छ।

सँगै सरकारले कोरोना संक्रमण नियन्त्रणका निम्ति का’रागारबाट कैदीको संख्या घ’टाउने विषयमासमेत छलफल सुरु गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समिति बैठकले कैदीको संख्या घ’टाउन सरकारलाई निर्देशन दिए लगत्तै यो विषयमासमेत छलफल सुरु भएको हो। कारागारमा कोरोना संक्रमण भएमा ज’टिल अवस्था सिर्जना हुने भन्दै संख्या घ’टाउन समितिले सरकारलाई निर्देशन दिएको हो। क्षमताभन्दा बढी कै’दीबन्दी भएकाले त्यहाँबाट संक्रमणको जो’खिम भएमा ख’तरा हुने भन्दै समितिले यस्तो निर्देशन दिएको हो।

यस विषयमा गृहमन्त्रालयमा सामान्य छलफल भएको तर केही निर्णय नभएको स्रोतको दा’बी छ। सरकारले बुधबार नै कोरोना भाइरसको संक्रमण रोकथामका लागि ‘ल’क डा’उन’को पूर्वअभ्यास गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको सं’योजकत्वमा ग’ठित कोरोना संक्रमण, रो’कथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बै’ठकले स्कुल, कलेज, सिनेमा हल बन्द गर्नेदेखि लिएर उ’डानमार्फत हुने आगमनमा समेत प्र’तिबन्ध लगाउने निर्णय गरेको थियो। बिहीबारदेखि सुरु हुन लागेको माद्यामिक शिक्षा परीक्षासमेत स्थगित भएको छ।

Leave A Reply

Your email address will not be published.