Breaking: फेरी थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो

0

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । थप ९ जनामा कोरोना सक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २६७ पुगेको हो ।स्वास्थ्य मन्त्रालयले थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।नयाँ संक्रमित हरु पर्सा , बिरगंज , उदयपुर , दाङ, काठमान्डौका रहेका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं; वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ पुगेको हो ।

पर्सा, बिरगंज निवासी ९, १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर, त्रियुगा न. पा. निवासी २५ बर्षीय पुरुष; दांङको गढवा – ४, ५ र तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरू; काठमाडौं, सतुंगल निवासी ७ बर्षीय बालक रहेका छन ।संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.