अमेरिकामा प्रति परिवार ६००० डलरसम्म राहत दिने विधेयक तल्लो सदनवाट पारित

0

डिसी । कोरोना भाइरसको संक्रमणवाट आर्थिक संकटमा परेका अमेरिकी नागरिकलाई फेरी प्रतिव्यक्ति १२०० डलरको राहत दिन डेमोक्रेट पार्टीको पहलमा ल्याएको ३ ट्रिलियन डलरको राहत सम्वन्धी विधेयकमाथि आज तल्लो सदनवाट पारित भएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्प, रिपव्लिकन पार्टी र केही डेमोक्रेटहरु भने यसको विरुद्धमा छन् । तल्लो सदनमा भएको डिस्टेन्स भोटिंगमा विधेयकको पक्षमा २०८ र विपक्षमा १९९ मत परेको थियो । १४ जना डेमोक्रेटहरुले भने पार्टीले ल्याएको विधेयक विरुद्धमा मत जाहेर गरेका थिए ।यो विधेयक तल्लो सदनवाट पारित भएपनि सिनेटवाट पारित गराउन भने निकै पापड वेल्नुपर्नेछ जहां रिपव्लिकन पार्टीको वहुमत रहेको छ ।

लेनदेनको आधारमा यो विधेक पारित भएमा अमेरिकी परिवारहरुले भने अघिल्लो पटकको भन्दा वढी राहत पाउने वताइएको छ । अघिल्लो पटक प्रतिवालवालिका ५०० डलर दिइएकोमा यो पटक भने वालवालिकाका लागि पनि १२०० डलर नै दिइने तर वालवालिका भने ३ जनाभन्दा वढी भएमा शर्त लागु हुने भएको छ । यो प्रावधान भएमा २ वालवालिका भएको परिवारमा ४८०० डलर र तीन वालवालिका भएको परिवारमा ६००० डलर राहत रकम प्राप्त हुनेछ ।यो विधेयक पारित भएमा धेरै ऋण लिएर पढाइ गरेका विद्यार्थीहरुको ऋण समेत मिनाहा हुने भएको छ । यो विधेयक मुलत निम्न वर्गलाई सहयोग पुर्याउने उदेश्यले ल्याइएको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.