पूर्वप्रधानमन्त्री भट्टराईले फिर्ता गरे अगुवा पछुवा सुरक्षाकर्मी

0

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुई गाडीसहित आफ्ना अगुवा पछुवा सुरक्षाकर्मी फिर्ता गरेका छन। सरकारले भीआइपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमानाका रक्षाका लागि पठाउने निर्णयगरेसँगै जनता समाजवादी पार्टीका शीर्ष नेता समेत रहेका भट्टराईले बुधबार राती अगुवा पछुवा सुरक्षाकर्मी फिर्ता गरेका हुन।

सानेपास्थित घरमा बेलुकीको खाना खुवाएर डा.भट्टराईले सुरक्षाकर्मीलाई बिदाई गरे । उनले विगतमा सशस्त्र द्धन्द्धको बेलादेखि शान्ति प्रक्रियासम्म सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै सशस्त्र प्रहरीको प्रशंसा गरेका थिए । देशको सीमा बचाउनुपर्ने बेला सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको पनि भट्टराईले बताए।

बाबुरामले आफ्ना सुरक्षाकर्मी फिर्ता गरेको यो दोस्रो पटक हो। यसअघि ओली सरकारले नै भीआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौति गर्दा पनि भट्टराईले नै सबैभन्दा पहिले अगुवा पछुवाको बिदा गरेका थिए । पछि यो निर्णयको आलोचना हुनुका साथै सरकारले नै सुरक्षाकर्मी फेरि भीआइपीको सुरक्षामा खटाएको थियो।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर चीनको मानसरोवर जाने सडक बनाएपछि सरकारले सीमामा सुरक्षाकर्मीको संख्या बढाएको छ।

Leave A Reply

Your email address will not be published.