यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ !

0

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रम आएपछि यो वर्ष देशमा चमत्कार नै हुने भन्दै सरकारमाथि व्यंग्य गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले देशमा कुनै समस्या नभएकाले आत्तिनु नपर्ने अवस्था रहेको टिप्पणी गरेका हुन्।

‘नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिएँ अब ढुक्क भएँ,’ उनले लेखेका छन्, ‘कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ । साधनस्रोत प्रशस्तै रहेछ । ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ ।’

उनले थप व्यंग्य गर्दै लेखेका छन् – देश परदेशमा भएको कोही पनि आत्तिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार !’

Leave A Reply

Your email address will not be published.