अमेरिकामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९० हजार नाघ्याे, १५ लाख बढी संक्रमित

0

काठमाडौं, ४ जेठ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । शनिबार मात्रै अमेरिकामा २३ हजार ८४४ जना काेराेना संक्रमित भेटिएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख ७ हजार ७७३ पुगेकाे छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाबाट मृत्यु हुनेकाे संख्या ९० हजार १ सय ३३ पुगेकाे छ । जसमा १ हजार २ सय १८ जनाकाे भने पछिल्लाे २४ घण्टामा मात्रै भएकाे छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेकाे छ । गत साेमबार र आइतबार भने याे संख्या घटेर निकै तल आएकाे थियाे । मं

गलबारदेखि बिहीबारसम्म फेरी ह्वात्तै बढेकाे थियाे । शुक्रबार र शनिबार फेरी स्वाट्टै घटेकाे छ ।

कुल संक्रमितमध्ये ३ लाख ३९ हजार २३२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी १० लाख ७८ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजार २८४ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भएकाे छ । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ५८ हजार संक्रमित भएका छन् भने २८ हजार १४३ जनाकाे मृत्यु भइसकेकाे छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार २६० पुगेको छ । न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ४६ हजार पुगेकाे छ ।

Leave A Reply

Your email address will not be published.