यसरी गरियो सावित्रीको अन्तिम बिदाई

0

काठमाडौं। कोरोना भाइरस सं क्रम णबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थलमा शनिबार राति अन्तिम संस्कार भएको छ।

सुरक्षास्रोतका अनुसार उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो । धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो भने धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका सीमित सदस्य आर्यघाट पुगेका थिए।

यस्तै महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी पनि पशुपति पुगेका थिए । मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।

तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृ त्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोभिड –१९ बाट निधन भएको यो पहिलो घटना हो। अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उहाँका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् ।

सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान निधन थिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृ त्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि व्यवस्था मिलाएको हो ।
शवलाई एम्बुलेन्स भित्र शव राख्नका लागि विशेष प्रकारको प्लाष्टिकसहितले मोडेर बक्स बनाइएको र त्यही बक्समा शवलाई राखेर बक्स सिल गरेर पशुपति लगिएको थियो ।

एम्बुलेन्समा शव राख्नु अघि सं क्रम ण बाहिर नजाने गरी विशेष प्रकारको प्लाष्टिकमा बेरेर राखिन्छ । आर्यघाटमा शव झिकेपछि बक्स भित्रको प्लाष्टिक समेत झिकेर व्यबस्थापन गरिने र एम्बुलेन्सलाई किटाणु निर्मलीकरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.